आगलागी पीडितलाई सरकारी तथा गैरसरकारी तवरबाट राहत वितरण सुरु

0
59


ताप्लेजुङ,फागुन १९ गते । ताप्लेजुङको दोस्रो ठूलो बजार दोभानमा भएको आगलागी पीडितहरुलाई विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुले राहत वितरण गर्न थालिएको छन् । आगलागी पीडितहरुलाई मेरिङदेन गाउँपालिकाले प्रति परिवारलाई १५ हजार रुपैयाँका दरले राहत उपलब्ध गराएको छ । त्यस्तै नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङ शाखाले भाँडावर्तन र उद्योग वाणिज्य संघले २० केजी चामल, नुन, तेललगायत दैनिक उपभोग्य सामग्री वितरण गरेको छ । आज विहान सम्ममा क्षतिको वितरण आउने ताप्लेजुङका प्रहरी नायव उपरिक्षक वालनरसिंह राणाले जानकारी दिनुभयो । दोभान बजारमा मंगलबार आगलागीबाट ४९ घर जल्दा ७९ परिवार विस्थापति बनेको साविक क्षेत्र नं २ को मुख्य ब्यापारिक केन्द्र रहेको दोभान बजारमा प्रत्येक घरमा ब्यवसाय सञ्चालन गरिएको थियो । आगो दमकाल, सुरक्षकर्मी,स्थानियबासीको सहयोगमा नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । मिरिङ्देन गाउँपालिका वडा नं ३ को दोभानमा मंंगलबार विहान नौ बजे तिर स्थानिय भोला पौडेलको घरबाट विद्यतशर्ट भएर आगलागी सुरुभएको अनुमान गरिएको छ ।

SHARE
Previous article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here