फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ

0
30

फाल्गुन ५ । नेपाल आयल निगमले  एक सातामै पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँका दरले वृद्धि गरेको हो । वृद्धि गरिएको मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुनेछ । निगमले मूल्य समायोजनपश्चात् पनि निगमलाई पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ ८२ पैसा, डिजेलमा प्रतिलिटरर चार रुपैयाँ १३ पैसा र खाना पकाउने एलपी ग्यासमा २९५ रुपैयाँ ८३ पैसा घाटा रहेको बताएको छ । यसअघि आयल निगमले माघ २८ गते बुधबार पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासमा मूल्यवृद्धि गरेको थियो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here