रक्तश्रावका कारण ज्यान जोखिममा परेको ताप्लेजुङको सुत्केरीको हेलिकप्टरबाट उद्धार

0
123



ताप्लेजुङ,माघ २९ गते । ताप्लेजुङमा बच्चा जन्मिएपछि रगत नथामिएर ज्यान जोखिममा परेकी सुत्केरीको उद्धार गरिएको छ । ताप्लेजुङ सिरिजंघा गाउँपालिका–५ पेदाङकी ३५ वर्षिया शान्ता भट्टराई लिम्बुको हेलिकप्टरबाट आज गरेर उद्धार विराटनगर लगिएको हो । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सन्तोस घिमिरेका अनुसार बच्चा जन्माको लिम्बुको अत्याधिक रक्तश्राव भएको थियो । ‘बच्चा जन्मने क्रममा बच्चाको हात मात्रै निस्किएर जटिलता उत्पन्न भएपछि राष्ट्रपति महिला उत्थानसिल परियोजना अन्तर्गत हवाई उद्धारका लागि हेलिकप्टर मगाएको प्रमुख घिमिरेले बताउनुभयो । ‘हेलिमप्टर आउञ्जेलमा बच्चा त जन्मियो तर रगत थामिएन, त्यसैले सुविधा सम्मपन्न अस्पतालमा पठाएका समेत बताउनुभयो ।’ विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा उहाको उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here