भागरथी हत्यामा संलग्नलाई कारबाहिको मागगर्दै अन्तरपार्टीले बुझायो ज्ञापनपत्र

0
85

ताप्लेजुङ,माघ २९ गते । बैतडीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै अन्तपार्टी महिला सञ्जाल ताप्लेजुङले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । सञ्जालका अध्यक्ष विष्णु माया राई र सचिव देउमाया ओझाले हस्ताक्षर गर्नुभएको ज्ञापनपत्र आज प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाई मार्फत बुझाएका हुन् । घटनालाई तोडमोड, ढाकछोप र बहानाबाजीमा दोषीलाई उन्मुक्ति दिन नहुने ज्ञापनमा उल्लेख छ । दोगडाकेदार–७ निवासी सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत भागरथीको माघ २१ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा बनमारा झाडीमा शव फेला परेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here