प्रदेश नं. १ का पहाडी अधिकांश भुभागमा बदली

0
30

२८ माघ । पश्चिमी वायुको प्रभावका कारण मौसममा बदली भएको छ । हाल प्रदेश नं. १ का पहाडी भुभाग,सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी बागमती रआंशिकदेखि सामान्य बदलीको अवस्था छ । बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा छ । प्रदेश २ र काठमाडौं उपत्यकामा आज बादल लागे पनि पानी पर्ने सम्भावना कम रहेको मौसमविद निराजन सापकोटाले जानकारी दिए । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भू-भागमा भने हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । तराईका केही भागमा बिहानपख हुस्सु/कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here