देशभर १६० जना कोरोना संक्रमित थपिए

0
37

पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा ७९ सहित देशभर थप १ सय ६०जना कोरोना भाइरस(कोभिड-१९) संक्रमित थपिएका छन् । यही अवधीमा देशभरबाट थप १ सय ६५ जना संक्रमणमुक्त भई घर फर्किएका छन् । नेपालमा हालसम्म संक्रमितको संख्या २ लाख ७२ हजार २१५ पुगेको छ । भने कोरोनामुक्त हुनेको संख्या २ लाख ६८ हजार ४ सय ३१ पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १ हजार ७ सय ३७ रहेको छ । क्वारेनटिनमा ९२ जना रहेका छन् । पछिल्लो २४ घण्टामा थप २जना संक्रमितको मृत्यु भएको छ । यो सहित हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ४७ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here