प्रदेश १ का १५ संसद ३ महिना निलम्बिन

0
86


पुष १७ गते । संसद विघटनपछि विभाजित बनेका नेकपा भित्र एकले अर्कालाई बारबाही गर्ने थालेको छ । नेकपा प्रदेश १ संसदीय दलले पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षका १५ जना प्रदेश सभा सदस्यलाई ३ महिनाका लागि निलम्बन गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर नेकपा प्रदेश १ संसदीय दलका प्रमुख सचेतक बुद्धीकुमार राजभण्डारीले अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने १५ जना सदस्यलाई निलम्बन गरिएको जानकारी दिनुभयो। गत आइतबार संसदीय दलका नेता एवं प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएकामध्ये १९ जना प्रदेश सदस्यहरुलाई दलले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । तर, स्पष्टीकरण सोधिएकामध्ये चार जनाले मौखिक जवाफ मात्रै दिएका छन् । स्पष्टीकरण नदिएकालाई भने कारबाही गरिने छ ।
अर्कोतर्फ दाहाल–नेपाल पक्षले संसदीय दलको नेता एवं मुख्यमन्त्री शेरधन राईलाई हटाउने र भीम आचार्यलाई दलको नेता बनाउने निर्णय गरेको छ । यस विषयमा राजभण्डारीले सो निर्णय आधिकारीक नभएको बताउनुभयो । दाहाल–नेपाल समूहबाट दलका उप–नेता टंक आङबुहाङले १९ गतेका लागि बोलाएको दलको बैठकको औचित्य नभएको दाबी राजभण्डारीले गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here