एक सातामा पनि पाथीभरा क्षेत्रको आगो नियन्त्रणमा आएन

0
54


ताप्लेजुङ,पुष १६ गते । ताप्लेजुङको पाथीभरा क्षेत्रको जंगलमा एक साता देखि लागेको डढेलो अझ नियन्त्रमा आउन सकेको छैन् ।अहिले पनि मन्दिरको तल्लो स्थामा डढेलो लागिरहेको छ ।

फुङलिङ नगरपालिका ९ को फावाखोलाबाट फुरुम्बुको मयममा डढेलो फैलन नदिन प्रयास भइरहेको पाथीभरा मन्दिर क्षेत्र विकास समितिका कार्यकारी अधिकृत मनमणी काफ्लेले जानकारी दिनुभयो । गत बिहिबार देखि लागेको डढेलोले पाथीभरा मन्दिर नै जोखिममा परेपछि हेलिकोप्टरबाट समेत पानी फ्याँकेर मन्दिर जोगाउन सफल भएको थियो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, पाथीभरा क्षेत्रका नागरिक र मन्दिरका कर्मचारीले डढेलो नियन्त्रणका लागि अग्निरेखा बनाउने, सम्भावित डढेलो क्षेत्रमा झ्यासझुस हटाउने र रूखका हाँगा कटान छटान गर्ने लगायतका सबै कार्य गरिरहेका पनि कार्यकारी काफ्लले जानकारी दिनुभयो । यता डढेलोले पानीको पाइमा जल्दा माथीलो फेदिको स्थानियलाई खानेपानीको समस्या भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here