पछिल्लो २४ घण्टामा देशभर थप ७१८ जना संक्रमणमुक्त,६५९ जनामा कोरोना संक्रमण

0
149

१३ पुस । पछिल्लो चौविस घण्टामा देशभर थप थप ७ सय १८ जना संक्रमणमुक्त भएका छन् । यही अवधीमा देशभरबाट ६ सय ५९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा ५ हजार ५६८ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ६ सय ५९ जनाको कोरोना भाइरस पोजेटिभ आएको हो ।   यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५८ हजार ८४० सय पुगेको छ । भने कोरोनामुक्त हुनेको संख्या २ लाख ५० हजार ५८१ पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ४२७ रहेको छ । पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मेत्यु हुनेको संख्या १ हजार ८३२ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here