आगलागिबाट पाथीभरा मन्दिर जोगाउन सफल

0
59

ताप्लेजुङ,पुष १३ गते । ताप्लेजुङको पाथीभरा क्षेत्रमा पाँच दिन देखि लागेको आगलागी बाट मन्दिर क्षेत्र जोगाउन सकिएको छ । मन्दिरको तल्लो क्षेत्रदेखि सल्किएको डढेलो मन्दिर नजिक पुगेपछि मन्दिरमा टाँगिएको ध्वाजापताका, आगो चाडो टिप्ने सामग्री ,डोरी हाटाएसंगै मन्दिर जोगिएको हो । अहिले पनि मन्दिर आसपासका जंगलमा वषै पुरानो रुखहरु जलिरहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी मनमणी काफ्लले जानकारी दिनुभयो । डढेला नियन्त्रण भएको भन्दै फर्किएकहरु पुन सोमबार बिहानको हावाको बेगले अझ मन्दिरतर्फ आगो बढेपछि नियान्त्रणका लागि मन्दिर क्षेत्र पुगेका थियो । आगलागी क्षेत्र रेडपाण्डाको मुख्य बास्थान हो । गुराँस साथै विभिन्न प्रजातिको बोटविरुवा,बहुमुल्य जडिबुटी समेत आगलागिले नष्ट भएको छ । बिहीबारबाट फुङ्लिङ नगरपालिका वडा नं ११ को फावाखोला स्थित सिम्बु सामुदायिक वन क्षेत्रमा सुरु भएको डढेलो के कारणले लागेको भन्ने खुलेको छैन । यता आगलागिबाट झण्डै चार सय मिटर पाईप जल्दा माथिल्लो फेदिका स्थानीयबासी भने पानीको समस्यामा परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here