प्रतिनिधिसभा विघटनको विरुद्ध ताप्लेजुङमा प्रधानमन्त्रि पुत्ला दहन

0
146

ताप्लेजुङ,पुष ६ गते । संघिय संसदको प्रतिनिधिसभा विघटन भएको निर्णयविरुद्ध ताप्लेजुुङमा सत्तारुढ दलले नै प्रदर्शन सहित प्रधानमन्त्रि केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । नेकपा सम्बद्ध अनेरास्वबियु र राष्ट्रिय युवा संघ नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् । संसद विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक र निरंकुश भएको भन्दै सोमबार बीरेन्द्रचोकबाट नाराबाजी सहित निस्किएको ¥यालीले पुन विरेन्द्रचोकमा पुत्ला दहन गरिएको थियो । कोणसभाको अनेरास्वबियुका केन्द्रीय सदस्य प्रजिन हाङ्वाङ, जिल्ला संयोजक डिल्लीराम न्यौपाने, जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेन,नेताहरु खेलप्रसाद बुढाक्षेत्री, मातृकाप्रसाद भट्टराई लगायतले सम्बोधन गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here