ताप्लेजुङ,मंसिर १६ गते । ताप्लेजुङको सिरिजंघा गाउँपालिका सिल गरिएको छ । गाउँपालिकाका एक कर्मचार्रीमा कोरोना पोजेटिभ देखिएसंगै मंसिर १५ गते देखि २० गते सम्म सिल गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश घिमिरेले एक सुचना प्रकाशित गरि अत्यावश्यक काम बाहेक सबै सेवा बन्द गरिएको जनाएको छ । भने वडा कार्यालयबाट हुने सेवा भने बन्द नगरिएको सुचनामा उल्लेख छ ।