ताप्लेजुङमा एकै दिन २१ जना कोरोना संक्रमित

2
635

ताप्लेजुङ,मंसिर १६ गते । ताप्लेजुङमा एकै दिन २१ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै सक्रिय संक्रमितको संख्या ३५ पुगेको छ । पछिल्लो पटक ८० जनाको स्वाब संकलन गरि परिक्षणका लागि पठाईएको थियो ।
८० जना मध्ये २१ जनाको भने सोमबार रिर्पाेट पोजेटिभ आएको स्वास्थ्य कार्यालय,स्वास्थ्यकर्मी कोभिड फोकल पर्सन हेमराज कठायतले जानकारी दिनभयो । पछिल्लो पटक फुङलिङ नगरपालिकामा २७ जना र पाथीभरा याङबरक गाउँपालिकामा ८ जना गरि ३५ जना सक्रिय संक्रमित रहेको समेत पोकल पर्सन कठायतले बताउनुभयो । जिल्लामा हाल सम्म एक हजार २१ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षका क्रममा ६४ जनमा कोरोना भाइरस पोजेटिभ आएको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या थपिदै गए पछि समुदायले नै सचेतता अपनाउनु पर्ने देखिएको छ ।

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here