फाल्गुनन्द जन्मजयन्ती आज मनाइँदै

0
61

२५ कात्तिक । १६ औं राष्ट्रिय विभूति तथा किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको जन्मजयन्ती आज विभिन्न कार्यक्रमगरी मनाइँदै छ । फाल्गुनन्दले समाजसुधारका लागि खेलेको भूमिकाको कदर गर्दै हरेक वर्ष कात्तिक २५ गते जन्मजयन्ती मनाउने गरिन्छ । विशेषगरी पूर्वी पहाडी जिल्लाहरु ताप्लेजुङ,पाँचथर, तेह्रथुम, इलाम, झापालगायतमा फाल्गुनन्द जन्मजयन्ती बिभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । तर यस वर्ष कोरोना संक्रमणको महामारीका कारण धेरै व्यक्ति भेला भएर जन्मजयन्ती मनाइने छैन । कोरोना महामारीलाई मध्यनजर गदै ताप्लेजुङमा विश्व शान्तिका कार्यक्रम गदै प्रसाद ग्रहण तथा महागुरुको ब्यक्तित्वको बारेमा चर्चाको गर्ने कार्यक्रम रहेको किराँत धर्म तथा साहित्य उत्थान समितिका सचिव ज्ञानु फुरुम्बोले जानकारी दिनुभयो । वि। सं। १९४२ साल कातिक २५ गते इलामको चुचिनाम्बामा जन्मिएका फाल्गुनन्दको निधन वि। सं। २००५ सालमा भएको थियो । उहाले जीवनको अन्तिम समयसम्म किराँत भाषा, लिपि, संस्कार, संस्कृति र समाज सुधारका निम्ती काम गरेका थिए । फाल्गुनन्दले समाज सुधारका निम्ति वि। सं। १९८८ वैशाख २४ गते स्थापना गरेको ‘सत्य हाङ्गमा ९धर्म० मुचुल्का’को नीति चर्चित छ । २०६६ साल मंसिर १६ गते तत्कालीन प्रधानमन्त्री माधव नेपाल नेतृत्वको सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here