पर्यटन मन्त्रीले भने, कुनै हालतमा पनि ‘पार्टी फुट्दै फुट्दैन’

0
103


ताप्लेजुङ, कार्तिक २१ गते । संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री योगेश कुमार भट्टराईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कुनै पनि हालतमा नफुट्ने बताउनुभएको छ । शुक्रबार गृह जिल्ला ताप्लेजुङमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्नुहुदै मन्त्री भट्टराईले पार्टी फुट्ने कुरा कल्पना सम्म गर्न नसकिने बताउनु भयो । नेतृत्वको बिचमा कुराकानी भइरहेकाले पार्टीभित्र देखिएका समस्या समाधानका लागि वृहत समझदारी हुने भट्टराईले दावी गर्नु भयो । लोकतान्त्रिक पार्टीमा एउटै व्यक्ति सधैं नेतृत्वमा नहुने भएकाले विधि र प्रक्रियाबाट पार्टीमा नयाँ नेतृत्व आउने उहाको भनाई थियो ।मन्त्रि भट्टराइले जिल्लाका स्थानिय तहहरुले गरिरहेको विकास निर्माणका अवस्थाका बारे एक साता सम्म गृहजिल्ला बसेर छलफल गर्नुहुने भएको छ । मन्त्रि भट्टराइले फरक प्रशंगमा उहाले कोरोना भाइरसको संक्रमण बढिरहेकाले जिल्ला सदरमुकामा फुङलिङमा ५० शैयाको कोभिड अस्पताल बनाउन र त्यसमा आफूले ३० लाख रुपैयाँ सहयोग गर्ने समेत बताउनुभयो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here