पूर्व सांसद मादेनको घरमा आगलागी

0
68

ताप्लेजुङको फुङलिङ नगरपालिका ९ हाङदेवामा आगलागिबाट एक घर जल्दा ३९ लाख बढिको क्षति भएको छ । पूर्व सांसद सञ्चपाल मादेनको घरमा आगलागी भएको हो । आगलागीबाट घर जल्दा ३९ लाख ६५ हजार मूल्य बराबरको क्षति भएको ताप्लेजुङका प्रहरीले जनाएको छ ।सोमबार दिउँसो घरमा कोहीपनि नभएको बेला आगलागी भएको प्रहरीले जनाएको छ ।’ आगलागीबाट सांसद मादेनको घर पूर्ण रुपमा जलेको छ । आगलागीबाट घरमा सुकाएर राखेको ८ मन अलैंची, एक तोला सुन, १ लाख ५० हजार बराबरको पुस्तक, धान, मकै, कोदो, लत्ताकपडा लगायतका सामग्री जलेको मादेनले बताएका छन् । शरीरमा लगाएको कपडा बाहेकको केहीपनि सामग्री नजोगिएपछि फुङलिङ नगरपालिकाले राहत सामग्री पुर्याएको छ । ‘

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here