कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा देशभर थप १५ जनाको निधन भएको छ । योसमेत हालसम्म देशभर संक्रमणबाट निधन हुनेको संख्या आठ सय ६२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो अवधिमा देशभर १७ सय ४१ जना नयाँ संक्रमित थपिएको र चार हजार पाँचजना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । हाल सक्रिय संक्रमित भने ४३ हजार दुई सय ९३ जना छन् ।