ताप्लेजुङमा ६ सहित प्रदेश १ मा आज ६३७ कोरोना संक्रमित थपिए

0
193

 कार्तिक ६ गते,पछिल्लो २४ घण्टाभित्र प्रदेश १ मा ६३७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २९९, सुनसरीमा १८०, झापामा ११०, उदयपुरमा १३, इलाममा ८, ताप्लेजुङमा ६, संखुवासभामा ३, खोटाङ र धनकुटामा १–१ र प्रदेश १ बाहिरका १६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा २१४ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ७४ महिला र १४० पुरुष छन् । ताप्लेजुङको फुङलिङमा ४, श्रीजंगा र स्थानीय तह नखुलेका १–१, जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १६ हजार ८ पुगेको छ । प्रदेश १ मा आज ४१८ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट ३९७, कोभिड १९ आईसोलेसन केन्द्र चौदण्डीगढीबाट १४ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ७ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ६ हजार ६२५ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here