ताप्लेजुङमा सोमबार देखि पूर्णीमा सम्म प्रत्येक साँझ देखी विहानसम्म निषेधाज्ञा

0
83

ताप्लेजुङ,कार्तिक ३ गते । ताप्लेजुङ प्रशासनले आज (सोमवार) बाट पूर्णीमा सम्म निषेधाज्ञ जारी गरेको छ । जिल्लाभरी साँझ ८ बजे देखि बिहान ५ बजे सम्म हिड्डुल,बजार र छोटो दुरीका यातायातका साधन सञ्चालन गर्न नपाइने गरी निशेधाज्ञा जारी गरेको हो । जिल्ला प्रशासन कार्यालयले एक विज्ञाप्ती जारी गरी जिल्ला भरका सबै मठमन्दिर,गुम्बा,चर्चहरुमा दैनिक रुपमा गरिने नित्य पूजा÷प्रार्थना बाहेक सामुहिक रुपमा भेला जम्मा भइ पूजा,प्रार्थना,भजन किर्तन,बली पूजा,मूर्ति बिर्सजन लगायतका कार्य गर्न नपाइने भएको छ ।चाडपर्वको रुपमा सामूहिक रुपमा भेला भइ शुभकामना आदानप्रदान र चियापान जस्ता कार्यक्रमहरु समेत गर्न नपाइने भएको छ । सामूहिका शिलान्यास,उद्घाटन,प्रशिक्षण,सभा सम्मेलन जस्ता कार्यक्रम गर्नमा समेत निशेधाज्ञाले रोक लगाएको छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) र संक्रामक रोग ऐन २०२० बमोजिम कोभिड–१९ को बढ्दो जोखिम नियन्त्रणका लागि निशेधाज्ञा जारी गरिएको प्रशासन कार्यालयले जनाएको छ । प्रशासन कार्यालयका शाखा अधिकृत सूर्यप्रसाद दाहालद्धारा हस्ताक्षरित सूचनामा उल्लेखित कुरालाई उल्लंघन गर्नेलाई प्रचलित कानुन अनुसार कारबाहि गरिने विज्ञाप्तीमा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here