ताप्लेजुङ,असोज २९ गते । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापाईलाई कारोना संक्रमण पुष्टि भएको छ । प्रजिअ चापागाईँलाई संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय एक हप्ताका लागि शिल गरिएको छ । प्रजिअ चापागाईको सम्पर्कमा रहेकाहरु सबैलाई सावधानी अपनाउन साथै कोभिडका कुनै लक्षण देखिए स्वास्थ्य संस्थामा सम्पर्क राख्न आग्रह गरिएको छ । सामान्य ज्वारो बाहेक अन्य लक्षण नदेखिएको पनि बताइएको छ। तिब्बतसंग सिमाना जोडिएको ताप्लेजुङको ओलाङचुङगोलामा बिओपी उद्घाटनको लागि आउनु भएका संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री यागेश कुमार भट्टराईलाई समेत यस अघि नै कोरोना संक्रमण पुष्टि भएको छ । बिओपी उद्घाटन गरी फर्किएपछि सामान्य ज्वरो आएको आधारमा स्वाब संकलन गरी पठाइएकोमा प्रजिअ चापागाइको रिपोर्ट पोजेटिभ आएको बताइएको छ । पोजेटिभ रिपोर्ट आएपछि प्रजिअ चापागाई प्रशासन कार्यालयकै आवास कक्षको क्वारेन्टिमा रहनु भएको छ ।

साहयक प्रमुख जिल्ला अधिकारी गायत्र अधिकारी खड्काले हस्ताक्षर गरेको विज्ञाप्तिमा असोज २९ देखि कार्तिक ६ गते सम्म सेवा प्रवाह बन्द रहेको जानकारी गराएको छ ।