ताप्लेजुङका गर्भवती महिलालाई हेलिकोप्टरबाट उद्धार

0
699

ताप्लेजुङ,असोज २१ । ताप्लेजुङका एक गर्भवती महिलालाई हेलिकोप्टरबाट उद्धार गरिएको छ । जिल्लाको आठराई त्रिवेणी गाउँपालिका –३ हाङपाङ निवासी ३५ वर्षिय चन्द्रकला विकलाई जिल्लामा उपचार हुन नसकेपछि थप उपचारका लागि बुधबार विराटनगरस्थित कोसी अञ्चल अस्पताल लगिएको हो । राष्ट्रपति महिला उत्थान कार्यक्रमको आमा सुरक्षा कार्यक्रम अन्तरगत चन्द्रकलालाई हेलिकोप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी झरेन्द्र चापागाईले जानकारी दिनुभयो । ३० हप्ताकी गर्तवती चन्द्रकलालाई प्लासेन्टा पृभिया (एक्टिभ ब्लिडिङ)को समस्या रहेको जिल्ला अस्पताल ताप्लेजुङका प्रमुख डाक्टर सोनिङ लामाले जानकारी दिनुभयो । सोमबार अस्पताल आएका विकलाई दिनमा चार पोका रगत चढाउदा पनि नथामिएपछि रेफर गरिएको समेत डाक्टर लामाले बताउनुभयो । विकलाई रेफर गरेर जिम्मा लाउन समेत आफून्त नभएपछि डाक्टर लामाले सामाजिक सञ्जालमा महिलाको अवस्थाबारे जानकारी गराएका थिए । आर्थिक अवस्था कमजोर रहेको विक काम गदै गर्दा साउन ९ गते लडेका थिए । त्यस प्रश्चात समस्या देखिएको विक सोमबार अस्पताल भर्ना भएको स्वायम बिकले जानकारी दिनुभयो । तिन सन्तनका आमा चन्द्रकलाको श्रीमानको भने बोली आउदैन् ।


यता आफूनो गाउँपालिकाका नागरिकको अवश्था जानकारी पाएसंगै गाउँपालिका अध्यक्ष विश्वनाथ सिटौलाले तत्कालिन उपचारका लागि १० हजार सहयोग प्रदान गर्नु भएको छ । आर्थिक अवश्था कमजोर रहेको महिलाका लागि थप आर्थिक सहयोगका लागि स्रोत जुटाउने तयारी रहेको समेत जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here