ताप्लेजुङको ओलाङ्चुङगोलामा बस्यो बिओपी

0
97


ताप्लेजुङ,असोज २१ । तिब्वतसंग सीमा जोडिएको ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाको मौवाटारमा स्थापना हुने आउट बोर्डर पोष्ट(बिओपी)को ओलाङ्चुङगोलामा उद्घाटन गरिएको छ । वडा नं ७ को मैवाटारमा रहने बिओपी केन्द्र अब त्यहाँ भवन सहितको संरचना बनेपछि मात्र गोलाबाट स्थानान्तरण हुन े गरी बुधवार उद्घाटन भएको हो । मौवाटारमा अहिले भवन सहितको संरचना नभएकोले भवन नबनुञ्जेल सम्मका लागि ओलाङ्चुङगोलामै बिओपी टोली रहने सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले जानकारी दिनुभयो । संस्कृति,पर्यटन तथा नागरिक उड्ययमन्त्री योगेश कुमार भट्टराईले बिओपी केन्द्रको बुधवार उद्घाटन गर्नुभएको थियो । तत्कालिन प्रहरी निरीक्षकको कमाण्डमा २० जना जनशक्ति राखिने र मैवाटारमा सरेपछि ५० जानसम्म जनशक्ती राखिने सशस्क्र प्रहरीले जानएको छ । उद्घाटन कार्यक्रममा मन्त्री भट्टराइका साथ गृहसचिव महेश्वर न्यौपाने,नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री,सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल,राष्ट्रिय अनुसन्धानका प्रमुख गणेशप्रसाद अधिकारी,सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल,सशस्त्र प्रहरी नायव महानिरीक्षक राजु अर्याल, सशस्त्र प्रहरीका १ नं बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक बंशीराज दाहाल लगायतका अधिकारी रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here