सामुदायीक वनको साधारणसभा सम्पन्न

0
48

असोज १६ गते ।फुङलिङ नगरपालिका–८ स्थित वामथुम्की तथा सिउरेनी सामुदायिक वन उपभोक्ता समुहको २७ औ साधारण सभा सम्मन्न भएको छ । शुक्रबार सम्पन्न सभाले पदम लिम्बुको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । ११ सदस्य रहेको समितिको उपाध्यक्षमा भुवानी गुरुङ, सचिव अमर विक, सहसचिव डिकादेवी गुरुङ र कोषाध्यक्ष जसोदा गुरुङ रहनुभएको छ । सामुदायीक वन उपभोक्ता महासंघका प्रदेश सदस्य योगेन्द्र निरौलाको प्रमुख आतिथ्यता, जिल्ला अध्यक्ष सुरज ओझाको विषेश आतिथ्यता, डिभिजन वन कार्यालयका प्रतिनिधि र स्थानीय उपभोक्ताको उपस्थितिमा कार्यक्रम भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here