ताप्लेजुङको नाल्बुमा बन्यो स्वास्थ्य चौकी र बर्थिङ सेन्टर

0
97

असोज १६ गते ।ताप्लेजुङको मेरिङ्देन गाउँपालिका वडा नं ६ नाल्बुमा नवनिर्मित स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टरको उद्घाटन गरिएको छ । आर्थिक बर्ष २०७२।०७३ मा स्वास्थ्य मन्त्रालद्धारा बिनियोजित १ करोड ७० लाख ६९ हजार रुपैंयाको बजेटबाट निर्मित भवनको तत्कालिन संबिधानसभाका सदस्य डम्बरध्वोज तुम्बाहाम्फे उद्घाटन गर्नु भएको निर्माण कम्पनी हिमालयन कन्स्ट्रक्सनका हिमाल सिक्देलले बताए ।

यसअघि स्वास्थ्य चौकीको रुपमा त्यहाँ सेवा प्रवाह हुने गरेपनि यो स्थानमा बर्थिङ सेन्टर भने थिएन । अन्तराष्ट्रिय गैर सरकारी संस्था वन हर्ट वल्ड वाइडले प्रसुति कार्यका लागि आवश्यक पर्ने स्वास्थ्य उपकरणको उपलब्धता तथा स्वास्थ्यकर्मीलाइ दक्षता विकास अनुशिक्षण प्रदान भएपछि बर्थिङ सेन्टरबाट सेवा प्रवाह सुरु भएको हो । हिमालयन कन्स्ट्रक्सनले सम्झौता अवधिभन्दा ६ महिना अगावै भवन सम्पन्न गरेको भन्दै सांसद तुम्बाहाम्फेले निर्माण कम्पनीलाई धन्यवाद दिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेन,उपप्रमुख देवीमाया नेपाली,गाउँपालिका अध्यक्ष गणेशबहादुर लिम्बू,उपाध्यक्ष कल्पना तुम्बाहाम्फे,प्रमुख प्रशासकीय अधिकृत डम्बरहादुर आङ्देम्बे लगायत स्थानीयको उपस्थिती थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here