चाड पर्वको अवसरमा शुक्रबार पनि फुङलिङ बजार खुल्यो

0
51


ताप्लेजुङ,असोज १६ गते । ताप्लेजुङमा प्रत्येक शुक्रबार बन्द हुदै आएको बजार पसल चाडवाडको अवसरमा आज देखि खुल्लेको छ । दशै,तिहार र छठ पर्वको अवसरमा असोज १६ गते शुक्रबार आज देखि बजार पसल खुल्ला भएको हो । ताप्लेजुङ उद्योग बाणिज्य संघको बिहिबार बसेको बैठकले यस्तो निर्णय गरेको थियो । असोज १६ गते देखि खुल्ने बजार मंसिर १२ गते शुक्रबार सम्म खुल्ला रहने वाणिज्य संघका कार्यकारी भिष्मराज बरालले जानकारी दिनुभयो । कोरोनाले गर्दा थलिएको ब्यवसाय विस्तारै तङ्गी्रने खोजिरहेको ब्यवसायीहरु बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here