ताप्लेजुङको बहानन्देमा ट्याक्टरबाट खसेर १ जनाको मृत्यु

0
109

ताप्लेजुङ,असोज ११ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं ७ बहानन्देमा बालुवा बोकेर आउँदै गरेको ट्याक्टरबाट खसेर १ जनाको ज्यान गएको छ । ज्यान जानेमा वडा नं ८ का २७ बर्षिय दीपेन्द्र ओख्राबु लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । काबेली खोलाबाट बालुवा बोकेर आउँदै गरेका ना ६ त ३००० नम्बरको ट्याक्टरबाट खसेर उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले घटनास्थलमा प्रहरी टोली परिचालित भईसकेको र थप बिवरण आउन बाँकी रहेको जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here