ट्रेड युनियनको निर्वाचन अविलम्ब गर्न कर्मचारी युनियन (संघ) ताप्लेजुङको माग

0
73

असोज ९ गते । विनाकारण आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गरेको भन्दै नेपाल निजामती कर्मचारी युनियन (संघ) ताप्लेजुङले गम्भीर आपत्ति जनाएको छ । संघले बिहिवार जिल्ला प्रशासन कार्यालय मार्फत् प्रधानमन्त्री केपी ओलीलाई ज्ञापन पत्र बुझाउँदै अविलम्ब निर्वाचन गर्न पनि माग गरेको छ । निर्वाचन कार्यालयहरु तोकिएर निर्वाचन प्रक्रिया अघि बढाईएको अवस्थामा सरकारले सरोकारवालाहरुसँग परामर्श, छलफल र समन्वय नै नगरी एक्कासी निर्वाचन स्थगित गरेको संघको दावी छ । संघका जिल्ला अध्यक्ष भूपेन्द्र बुढाक्षेत्रीद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा मतदाता नामावली प्रकाशित गरेर निर्वाचन प्रक्रियामा अघि बढेको अवस्थामा निर्वाचन स्थगित गर्नु संविधानको भावना र कानूनविपरित भएको उल्लेख छ । संघका उपाध्यक्ष हेमराज कठायतको संयोजकत्वमा प्रमुख जिल्ला अधिकारी झरेन्द्र चापागाईंलाई ज्ञापन पत्र बmुभाइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here