ताप्लेजुङका एक वृद्धमा कोरोना संक्रमण

0
81

ताप्लेजुङ,असोज ८ गते । ताप्लेजुङको फक्तालुङ गाउँपालिकाका एक वृद्धमा कोरोला संक्रमण देखिएको छ । ८० वर्षिय वृद्धको पिसीआर रिर्पोट पोजेटिभ आएसंगै कोरोना संक्रमण पुष्टि भएको हो । मोरङको बिराटनगरस्थित नोबेल मेडिकल कलेजले उपचारका लागि अस्पतालमा पुगेका वृद्धकोे स्वाब संकलन गरेको थियो । रिर्पोट आउन अगावै अस्पतालले डिस्चार्ज गरेपछि तिन दिन अघि ताप्लेजुङ आइपुगेका थिए । नोबेलले असोज ४ गते डिस्चार्ज गरी ५ गते आफ्नै घरतर्फ गएका कोरोना संक्रमित बृद्धलाई ल्याउनका लागि एम्बुलेन्स गएको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सदस्य सचिव एवम् प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाँईले जानकारी दिनुभयोे । वृद्धलाई जिल्ला अस्पतालको कोभिड आइसोलेसन कक्षमा उपचार गराइने बताइएको छ । ति बृद्ध यस अघि ताप्लेजुङ अस्पतालमा उपचार गराइ थप उपचारका लागि असोज ३ दिन बिराटनगर गएका थिए । उपचार पछि र्फकदा सदरमुकाम फुङ्लिङस्थित बहिनीको कोठामा बसेको र घरजाँदा सार्वजनिक गाडीमा गएका थिए ।
यता फुङ्लिङमा रहेको प्राइम कर्मशियल बैंकमा कार्यरत एक कर्मचारीमा पनि कोरोना संक्रमणसंग मिल्दो जुल्दो लक्षण देखा परेपछि बैंकलाई बिहीबारबाट सिल गरिएको छ । बैंकमा कार्यरत सबैको स्वाब संकलन गरी परीक्षणका लागि पठाईएको छ । स्वाब परीक्षणको नतिजा नआईञ्जेल सम्म बैंकलाई सिल गरी स्वाब संकलन गरिएका सबैलाई आसोलेसनमा राखिएको जिल्ला प्रहरी प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । यसअघि मृगौलाको उपचारका लागि झापा तर्फ गएकी पाथीभरा याङ्वरक गाउँपालिकाका एक ३७ बर्षे महिलाको कोरोना संक्रमण देखा परी उपचार गराई रहेको बखत मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here