खुकुरी प्रहार गर्ने लाक्पा पक्राउ

0
63

ताप्लेजुङ,असोज ८ गते । ताप्लेजुङको सिरिजंघा गाउँपालिका–८ याम्फुदिनमा आफ्नै ठूलो बुबाको परिवारका तीन जनामाथि खुकुरी प्रहार गर्ने २२ वर्षीय लाक्पा शेर्पा पक्राउ परेका छन् । प्रहरीको टोलीले उनलाई बिहीबार याम्फुदिन बाटै पक्राउ गरेको प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । घाँस–पराल राख्ने खोल्मामा सुतिरहेको अवस्थामा शेर्पालाई पक्राउ परेका हुन् । शेर्पाले बुधबार राति परिवार भित्रकै ३ जनामाथि खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएका छन् । ६१ वर्षीय ठूलीआमा फुटिक भोटे, ३६ वर्षीय दाजु पासाङ भोटे र १८ वर्षीय भाइ लाक्पा छिरिङ भोटे माथि खुकुरी प्रहार गरेको वडाध्यक्ष टाँसी शेर्पाले जानकारी दिनुभयो । ताप्लेजङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठका अनुसार बुधबार बेलुका १० बजेसम्म सबैजना टेलिभिजन हेरेर बसेका थिए । सुतेपछि उनले खुकुरी प्रहार गरेको पाइएको छ । उनलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि तेल्लोक इलाका प्रहरी कार्यालय हुँदै जिल्ला प्रहरी कार्यालय ल्याइने श्रेष्ठले बताए ।
घटना स्थलबाट गाडीको पहुँच भएको हप्पुखोला सम्म पु¥याउन एकदिन पुरै लाग्ने भएकाले काठमाडौंबाट हेलिकप्टर झिकाइएको गाउँपालिका अध्यक्ष टिका गुरुङले जानकारी दिनुभयो । घाइतेको स्थानीय स्वास्थ्य चौकिमा प्राथमिक उपचार भइरहेको छ । तेल्लोक स्वास्थ्य केन्द्रवाट थप उपचारका लागि तीनजनाको स्वास्थ्यकर्मीको टोली पनि पठाइएको समेत अध्यक्ष गुरुङले बताउनुभयो । प्रतिकुल मौसमका कारण काठमाडौं देखि सोलुखुम्बु आइपुगेको हेलिकोप्टर ताप्लेजुङ ल्याउने प्रयास जारी रहेको प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाँइले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here