ताप्लेजुङमा खुकुरी प्रहारबाट आमा छोरा सहित तिन जना घाइते

0
212


ताप्लेजुङ,असोज ८ गते । ताप्लेजुङको सिरीजङघा गाउँपालिकामा खुकुरी प्रहारबाट तिन जना गम्भिर घाइते बनेका छन् । वडा नं ८ याम्फुदिनका २२ वर्षिय लाक्पा शेर्पाले गयराति सुतिरहेको बखत खुकुरी प्रहार गर्दा स्थानिय ३६ वर्षिय पासाङ शेर्पा भोटे, १८ वर्षिय लाक्पा छिरिङ भोटे र ६१ वर्षिय फुटिक भोटे घाइते भएको वडाध्यक्ष टासी शेर्पाले जानकारी दिनुभयो । घाइते फुटिक र लाक्पा छिरिङ आमा छोरा हुन् भने घाइते पासाङ र खुकुरी प्रहार गर्ने दाजु भाइ हुन ।

गम्भिर घाइते तिन जनाको याम्फुदिन स्वास्थ्य चोकिमा उपचार जारी रहेको छ । थप उपचारका लागि हेलिकप्टर झिकाइएको छ तर प्रतिकुल मौसमाका कारण हेलिकोप्टर आउने नआउने टुंगो लागि नसकेको बताइएको छ । बेलुका १० वजे लाई गएपछि टिभी अफ गरेर सुते लगतै लाक्पाले ३ जनालाई खुकुरी प्रहार गरेर घाइते बनाएको समेत अध्यक्ष शेपाले जानकारी दिनुभयो । थप विवरण भने आउन बाँकी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here