असोज ७ गते । पछिल्लो चौविस घण्टामा देशभर थप११ सय ७२ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा परीक्षणका क्रममा थप ११ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयक। प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा ११ सय ७२ जनामा संक्रमण देखिएको बताए । यो संगै नेपालमा कुल संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ रहेको छ ।