घुन्सा हेलिकप्टर दुर्घटनाको १४ वर्ष पूरा,आज विभिन्न कार्यक्रमका साथ संरक्षण दिवस मनाइदै

0
220

ताप्लेजुङ,असोज ७ गते । आज असोज ७ गते संरक्षण दिवस । ताप्लेजुङको घुन्सामा हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका संरक्षणकर्मीको सम्झनामा ताप्लेजुङ पनि कार्यक्रम गरि मनाइयो । १४ वर्ष अघि हेलिकप्टर दुर्घटना हुँदा तत्कालिन वनमन्त्री गोपाल राईसहित २४ जनाको निधन भएको सम्झनामा असोज ७ लाई राष्ट्रिय संरक्षण दिवसको रूपमा मनाउने गरिन्छ ।


दिवसको अवसरमा ताप्लेजुङमा वातावरण संरक्षण तथा विकास मञ्चको आयोजनामा स्मृति पार्कमा माल्यार्पण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । श्री एयरलाइन्सको हेलिकप्टर दुर्घटनामा तत्कालीन वन तथा भू–सरक्षण राज्यमन्त्री गोपाल राईसहित २४ जनाको निधन भएको थियो । २०६३ असोज ७ गते आज कै दिन दुर्घटनामा भूगोलविद् डा. हर्क गुरुङ, मन्त्री राईकी श्रीमती मीना राई, संरक्षणविद् डा. तीर्थमान मास्के, वन तथा भू–संरक्षण मन्त्रालयका सचिव डा. दामोदारप्रसाद पराजुली, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु विभागका महानिर्देशक नारायण पौडेल, विश्व वन्यजन्तु कोष नेपालका प्रतिनिधि डा. चन्द्रप्रकाश गुरुङ, विश्व वन्यजन्तु कोष एसिया प्यासिफिक प्रमुख मिङ्मा शेर्पा, ताप्लेजुङ उद्योग वाणिज्य संघका सदस्य विजयकुमार श्रेष्ठलगायत संरक्षण क्षेत्रका दिग्गज स्वदेशी तथा विदेशी संरक्षणकर्मीको निधन भएको थियो ।

विश्वमै पहिलो पटक वन जंगलको संरक्षण तथा व्यवस्थापनको जिम्मा स्थानीय समुदायलाई हस्तान्तरण गरी फर्कने बेला फलेस्थित धुन्चे पहाडमा ठोक्किएर हेलिकोप्टर दुर्घटना भएको थियो । कञ्चनजंघा संरक्षण क्षेत्र ब्यवस्थापन समितिलाई हस्तान्तरण गरेर फर्कने क्रममा द ुर्घटना भएको थियो । फुङलिङ नगरपालिकामा आयोजान गरिएको कार्यक्रममा फुङलिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेल,जिल्ला वन महासंघका अध्यक्ष सुरोज ओझा,वडा अध्यक्षद्धय भिमादेवि ओझा,राजन गुरुङ,वातबरण संरक्षण मञ्चका सचिव खड्रग सुबेदीले निधन भएकाहरुले पुर्याएको योगदानको चर्चा गर्नुभयो कार्यक्रमको अध्यक्षता मञ्चका अध्यक्ष कुमार सिवाले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here