प्रदेश १ स्तरीय वक्तृत्वकलामा ताप्लेजुङकी अनिता द्धितिय

0
120


भदौं २९ ।  प्रदेश १ स्तरीय वक्तृत्वकला प्रतियोगितामा मोरङका नवराज भट्टराई प्रथम बनेका छन् । ताप्लेजुङकी अनिता पन्धाक लिम्बु द्धितिय र पाँचथरका योगेश तिम्सिना तृतिय भए । वक्तृत्वकलाको शिर्षक ‘कोभिड १९ ले बालबालिकामा पारेको प्रभाव र सरोकारवालाहरुको भूमिका’ तोकिएको थियो ।बाल दिवसको अवसर पारेर सोमबार मानव अधिकार मञ्च नेपाल इलामले प्रतियोगिताको आयोजना गरेको हो । प्रथम, द्धितिय र तृतियले क्रमशः नगद १५ हजार, १० हजार र ५ हजार रुपैयाँसहित प्रमाणपत्र पुरस्कार प्राप्त गरेका छन् ।कोरोना माहामारीका कारण भर्चुअल विधिबाट प्रतियोगिता सम्पन्न गरिएको मञ्चका फोकल पर्सन चन्द्र कालिकोटेले बताए । कार्यक्रका प्रमुख अतिथि मुख्यमन्त्री शेरधन राईले बालबालिकाको हक हित संरक्षणका लागि प्रदेश सरकार गम्भिर रहेको बताए ।कोरोना कारण लामो समयदेखि विद्यालय सञ्चालन हुन नसकेको र यसले विद्यार्थीमा पारेको असर कम गर्न विषेश योजना ल्याउने उनको भनाई थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here