केही ठाउँमा आज ठूलो वर्षा, बाढी–पहिरोको सम्भावना

0
99


पछिल्लो ६ घण्टामा देशका विभिन्न ठाउँमा ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल ईलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, चितवन, धादिङ, तनहूँ, कास्की नवलपरासी, पाल्पा, रूपन्देही, कपिलवस्तु, दाङ लगायतका जिल्लाका केही ठाउँमा ठूलो पानी परेको महाशाखाले जनाएको छ । ती जिल्लामा साना देखि ठूला खोला तथा नदीमा आकस्मिक रुपमा बाढी आउन सक्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ । पूर्वका मेची, निन्दा, बिरिङ, मावा रतुवा र कन्काईको तल्लो तटिय क्षेत्रका साना खोलामा आकस्मिक बाढी आउन सक्ने भएकाले १० बजे सम्म सतर्क रहन शाखाले अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here