ताप्लेजुङको तावाखोलामा बेपत्ता दुई युवकको शव भेटियो

0
34

भदौ २३ गते । सिरिजंघा गाउँपालिका–७ लुम्लेको तावाखोलामा बेपत्ता भएका दुई युवकको शव भेटिएको छ । सिदिङवा गाउँपालिका–७ सुरुमखिम घर भएका ३२ वर्षीय सूर्यमान लिम्बूको बेपत्ता भएको ठाउँदेखि ७ सय मिटर र ३६ वर्षीय सुमन लिम्बूको पाथीभरा याङवरक गाउँपालिका–७ थुम्वेदिनको कावेली खोला किनारमा भेटिएको ताप्लेजुङका प्रहरी प्रमुख, प्रहरी नायब उपरिक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए । तावाखोलाले सुमनको शव कावेली नदीमा पुर्‍याएको थियो । स्थानीय र प्रहरीले लगातार खोजेपछि शव भेट्टाएका हुन् । उनीहरु दुई र गणेश राई भाद्र २० गते खोलामा माछा मार्न गएका थिए । जाल हान्ने क्रममा सूर्यमान ढुंगाबाट चिप्लिएर खोलामा पसेपछि उनीभन्दा तल रहेका सुमनले निकाल्ने प्रयास गर्दा उनी पनि बगेको स्थानीयलाई उदृत गर्दै प्रहरीले जनाएको छ । गणेश भने केही माथि भएकाले देखेका थिए । तावासिदिङवाको सुरुमखिम र सिरिजंघाको खेवाङको सिमानामा बग्ने खोला हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here