ताप्लेजुङ पहिरोमा परी दुईजनाको ज्यान गयो

0
62



ताप्लेजुङ,भदौ २२ गते । अविरल वर्षाका कारण ताप्लेजुङको नागदेवा लघुजल विद्युत् आयोजनाको पावर हाउसमा झरेको पहिरोमा परी दुईजनाको ज्यान गएको छ । गयराति पहिरोले सिरिजंघा गाउँपालिका–४ तेल्लोकमा पावर हाउसमा काम गर्ने ३० वर्षीय राजु लिम्बू र उनका साथी ५५ वर्षिय विष्णुराज थेबेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । विहान ६ बजे खवर पाएसंगै घटनास्थलमा गएका प्रहरी तथा स्थानीयबासीको सहायतामा मृतकहरुको शव निकालिएको र पोष्टमार्टमका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याउने तयारी भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here