तावा खोलाले बगाएका दुई पुरुषको खोजी जारी

0
99

ताप्लेजुङ,भदौ २१ गते । माछा मार्ने क्रममा ताप्लेजुङमा बेपता बनेका दुई पुरुषको खोजी जारी छ । शनिवार दिउँसो माछा मार्ने क्रममा सिरिजघा गाउँपालिका ७ लुम्ला स्थित तावाखोलामा दुई पुरुष बेपता बनेका थिए । सिदिङमा गाउँपालिका सुरुम्खिम निवासी ३२ वर्षिय सुर्यमान लिम्बु र ३६ वर्षका सुमन लिम्बुलाई खोलाले बगाएर बेपता भएको प्रहरीले जनाएको छ । बेपता पुरुषको खोजि भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here