बढ्दो हिंसाप्रति अमेरिकामा ट्रम्प र बाइडेनबीच भनाभन

0
60

भदौं १५ । अमेरिकामा बढ्दो नश्लीय विभेदका बारेमा राष्ट्रपतिका दुई उम्मेदवारबीच भनाभन शुरु भएको छ । अमेरिकाको पोर्टल्याण्डमा भएको हिंसाका बारेमा राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक प्रतिष्पर्धी जो बाइडेनबीच वाक–युद्ध नै चलेको हो । ओरिगन राज्यको पोर्टल्याण्डमा रंगभेदविरुद्ध प्रदर्शनमा रहेका ‘ब्ल्याक लाइभ्स म्याटर’का प्रदर्शनकारी र ट्रम्पका समर्थकबीच झडप हुँदा चलेको गोली लागेर एक जना मारिएका थिए । चुनावी रन्कोमा रहेका राष्ट्रपति ट्रम्पले पोर्टल्याण्डका डेमोक्र्याटिक मेयर टेड ह्वीलरलाई शहरमा हिंसा र हत्यालाई स्वीकृति दिएको आरोप लगाउनुभएको हो । तर बाइडेनले भने पोर्टल्याण्डसहित देशका विभिन्न स्थानमा हिंसा बढ्नुको मुख्य कारक नै ट्रम्प भएको आरोप लगाउँदै परिणामको विचारै नगरी उनले हिंसालाई बढावा दिएको जिकिर गर्नुभयो । शनिबार राति ट्रम्प समर्थक र ब्ल्याक लाइभ्स म्याटरका प्रदर्शनकारीबीचको झडपमा हानेको गोली लागेर एक व्यक्ति मारिएकामा ट्रम्पले मृत्यु हुने व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here