धरानमा शुक्रबार विहान दुई जना संक्रमितको मृत्यु

0
52


१२ भदौ,  झापा   । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा आज थप जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरूा बेलबारीका एक महिला र दमकका एक पुरूष रहेका छन् । झापा दमक नगरपालिका-३ का ८३ बर्षिया पुरूषकाे शुक्रबार विहान मृत्यु भएकाे थियाे । उनी मृगौलाको दिर्गकालिन राेगी थिए । उनमा उच्चा रक्तचाप, मधुमेह, र अल्प रक्त कोशीकाको समेत समस्या थियाे ।त्यस्तै बेलबारी नगरपालिका-५ की ५६ बर्षिया महिलाकाे शुक्रबार विहान मृत्यु भएकाे प्रतिष्ठानका प्रबत्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् । मृतकको शव व्यवस्थापनका लागि अहिले प्रक्रिया सुरु गरिएको प्रवक्ता डा. सापकोटाले बताएका छन् । यो सँगै प्रतिष्ठानमा मृत्यु हुने कोरोना सङ्क्रमितको सङ्ख्या १३ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here