खोक्लिङ स्थित बागथलामा पदमार्ग निमार्ण सम्पन्न

0
205

प्रिशा बस्नेत .
भदौ ११ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका २ खोक्लिङ स्थित बागथलामा पदमार्ग निमार्ण सम्पन्न भएमो छ । पर्यटनको सम्भावना बोकेको खोक्लिङको शिरमा रहेको बागथलामा पदामार्ग निर्माण गरिएको छ । प्रदेश नम्बर १ का सांसद टंक आङवोहाङको पहलमा प्रदेश १ को आर्थिक सहयोग ६० लाख रुर्पैया बजेटको लगानिबाट २ मिटर चौडाई भएको ३ किलोमिटर पदर्माग निमार्ण गरिएको बागथला पदर्माग पर्यटन क्षेत्र विकास समितीका अध्यक्ष दिपक लिम्बुले बताए । अध्यक्ष लिम्बुका अनुसार कार्यक्रम सम्झौता भएको छोटो अवधिमै र्काय सम्पन्न भएको र बाँकी पदर्माग क्रमिक रुपमा संचालन गर्दै लैजाने उक्त समितीको लक्ष्य रहेको बताए । निमार्णाधिन पदर्माग खोक्लिङ ९ को साङ्गे छ्योलिङ गुम्बा बाट सुरु गरिएको छ । उक्त योजनाको अनुगमन र्पाटीका जनप्रतिनिधि,वडा अध्यक्षले गरेका थिए । अनुगमनका क्रममा योजनाको स्टिमेट र सम्झौता अनुसार काम भएको पाइएको सोहि वडाका अध्यक्ष सुरेश थापाले बताए । यता बागथला पदर्माग पर्यटन क्षेत्र विकास समितीले भने उक्तक्षेत्रलाई पर्यटकिय स्थलका रुपमा विकास गर्नै योजना बनाएको छ ।

खानेपानि,शौचालयको सुविधा सहित जिल्लाकै नमुना शौन्र्दय गाडन,प्रतिक्षालय,बनभोज स्थल तथा भिउटावर निमार्ण गर्ने जस्ता लक्ष्य उक्त समुहले लिएको छ । सोहि ठाउँ बाट प्राय ताप्लेजुङको सबै हिमाल देख्न सकिने भएकोले पनी भिउटावर राख्ने योजना रहेको लिम्बुको भनाई रहेको छ । बिशेष गरि यहाँ नयाँ बर्ष, माघे संक्रान्तिमा बनभोज खानका लागि धेरै टाढा टाढा बाट आउने भएको कारण पनि पिकनिक स्पट ९बनभोज स्थल० र्निमाण गर्न लागिएको र पुराना संरचना पार्टि पैवा, गुम्बा तथा मठमन्दिरको संरक्षण गरि अझ आर्कषक बनाई सिङगो गाउँपालिकाको विकासकाको गतिलाई अघि बढाउदै लैजाने वडा अध्यक्ष थापाले बताए । उक्त समुहले लिएको लक्ष्यले सिङगो जिल्ला तथा गाउँपालिकाको पर्यटन प्रर्बरधनमा सहयोग पुग्ने र समुहका लागि पलि केहि आम्दानिको सो्रत बन्ने अपेक्षा सहित योजना अघि बढाईएको समितिका अध्यक्ष लिम्बुले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here