सशस्त्र प्रहरीको गोली लागेर झापामा १ जनाको मृत्यु

0
83

सशस्त्र प्रहरीले चलाएको गोली लागेर आज (बुधवार) झापामा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका – ३ निवासी ३८ वर्षीय रमिकुल आलम रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सशस्त्र प्रहरीले चलाएको गोली पेटमा लागेर आलम गम्भीर घाइते भएका थिए । घाइते आलमलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएपनि उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिएका छन् । गोरु काटेको अभियोगमा पक्राउ परेका २ जनालाई विर्तामोडतर्फ ल्याउँदै गर्दा स्थानीय र प्रहरीबीच झडप भएको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि आक्रमण गरेपछि स्थिति नियन्त्रण वाहिर गएको र सशस्त्र प्रहरीले गोली चलाएको बताइएको छ । यता स्थानीयको आक्रमणबाट एक जना सशस्त्र प्रहरी समेत घाइते भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here