कोरोना संक्रमित पुरुषको धरानमा मृत्यु

0
93

६ भदौ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचाररत धरान-१५ का ६७ वर्षीय संक्रमितको मृत्यु भएको हो । उनलाई संक्रमण भएको २७ साउनमा पुष्टि भएको थियो । त्यसयता धरामा उपचाररत उनको शुक्रबार प्लाज्मा थेरापी गरिएको थियो । तर शनिबार दिउँसो १२ बजे मृत्यु भएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए । यससँगै प्रदेश १ मा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या १५ पुगेको छ । उनीहरुमध्ये १३ जना मोरङका हुन् भने दुई जना सुनसरी धरानका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here