नेकपा एमाले निर्वाचन आयोगमा दर्ता

0
44

भदौं ३ । निर्वाचन आयोगले नेकपा एमाले नाममा नयाँ पार्टी दर्ता गरेको छ । गत १२ असारमा दल दर्ताका लागि आवेदन परेको थियो । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भई वर्तमान सत्तारुढ दल नेकपा बनेसँगै एमाले पार्टीको अस्तित्व रहेको थिएन । तर नेकपा एमाले नामको दल दर्ता माग गर्दै झापाकी सन्ध्या तिवारी अध्यक्ष रहेको कमिटीले निवेदन दिएकामा आयोगले आवश्यक जाँबुझ गरेर दर्ता गर्ने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले बताउनुभएको छ । दलको घोषणापत्र, विधान, दल गठनका लागि केन्द्रीय समितिको निर्णय र पाँच सयभन्दा बढी मतदाताको हस्ताक्षर प्रमाणित गरी आयोगको बैठकले एमालेलाई दर्ता गरिदिएको हो । आयोगले उनीहरुको मागअनुसारै उदाउँदो सूर्य चुनाव चिह्न दिएको छ । केही दिनमै दलका प्रतिनिधिलाई बोलाएर प्रमाणपत्र दिने बताइएको छ । नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला गत असार दोस्रो हप्ता एकाएक तिवारीको नेतृत्वमा एमाले पार्टी दर्ता गर्न आयोगमा निवेदन पुगेपछि सनसनी मच्चिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here