कोरोनाबाट पछिल्लो२ ४ घण्टामा ६ जनाको मृत्यु,संक्रमितको संख्या ६ सय ८१

0
92

३ भदौ । पछिल्लो पटक कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ । चितवन, धरान, ललितपुर र वीरगञ्जमा गरी ६ जनाको मृत्यु भएको हो ।हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २० पुगेको छ । भने पछिल्लो चौविस घण्टामा देशभर थप ६ सय ८१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा ६ सय ८१ जनामा संक्रमण देखिएको बताए । यो संगै नेपालमा कुल संक्रमितको संख्या २८ हजार ९ सय ३८ पुगेको छ । आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ११ हजार १ सय १८ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर थप १२० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या १७ हजार सात सय पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here