नेकपा सचिवालय बैठक बस्दै

0
50


१ भदौ, काठमाडौं ।  सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आज बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बस्ने बैठकमा समसामियक विषयमा छलफल हुने बताइएको छ।
बैठकमा नेकपामा जारी विवादको समाधानका लागि शुक्रबार गठन भएको ६ सदस्यीय कार्यदललाई अनुमोदन गर्ने छ । गत शुक्रबार प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको छलफलले ६ सदस्यीय कार्यदल बनाएको थियो। महासचिव बिष्णु पौडेलको संयोजकत्वमा बनेको कार्यदलमा स्थायी समितिमा भीम रावल, पम्फा भुषाल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे र शंकर पोखरेल सदस्य छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here