कोरोना संक्रमण फैलन नदिन ताप्लेजुङ प्रशासन कठोर बन्दै

0
98

ताप्लेजुङ,साउन २९ गते । कोरोना संक्रमितको संख्या तिब्र रुपमा बढन थालेसंगै ताप्लेजुङमा आमशिंक रुपमा लाग्दै आएको विद्यालय ठप्प बनेको छ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जिल्लामा संक्रमण फैलन नदिनकालाई विद्यालय लगायत भिडाभाड हुने गतिविधिमा बन्देज गरेका हुन । प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाद्वारा बुधवार जारी सूचनामा अर्को सूचना नआएसम्म सबै शैक्षिक संस्थाहरु सञ्चालन नगर्न अनुरोध गरिएको छ । विद्यालय सञ्चालन गरिएको पाइएमा सम्बन्धित विद्यालयको प्रधानाध्यपक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई जिम्मेवार व्यक्तिको रुपमा कारबाही गरिने उल्लेख गरिएको छ । यस अघि जिल्लाको विभिन्न विद्यालयहरुले विद्यालयमा लगाउनका साथै कोचिङ कक्षा,ट्यसन कक्षा सञ्चालन गदै आएका थिए ।
त्यस्तै भीडभाड हुने खेलकुदजन्य गतिविधि हुने क्रियाकलाप गर्न नपाइने सुचनामा उल्लेख गरिएको छ । खेलकुदजन्य गतिविधि गर्दा बाजी स्वरुप राँगा,खशी,कुखुरा, सुगुर, पैसा राखेर बाजी खेल्नेलाई कानुन बमोजिम कारबाही गरिने भएको छ । ७७ जिल्लामा सवारी पास बन्द गराउने भएसंगै ताप्लेजुङमा बुधवार देखि नै सवारी पासमा कडाइ गरिएको छ । स्थिानीय तहले सवारी पासका लागि मृत्यु संस्कार अन्तर्गत दागबत्ती दिने र काजकिरिया गर्ने कार्यका लागि मात्र सिफारिस गर्ने भनिएको छ । सवारी पासमा प्रशासन कार्यालयको सहमति अनुसारको गाडी नम्बर र सञ्चालन मिति उल्लेख भएका सवारी साधनले मात्र जिल्ला प्रवेश गर्न पाउने छन् । सहमतिबिना आएका सवारीलाई जिल्ला प्रवेश गर्ने नाकाबाटै फिर्ता पठाइने छ ।
यता जिल्ला प्याप्सन ताप्लेजुङले पनि कुनै शैक्षिक संस्था सञ्चालन गर्न तथा विद्याथीसंग सम्बन्धी गतिविधी नर्गने निर्णय गरेको प्याप्सन ताप्लेजुङको सचिव देवराज गुरुङले जानकारी दिनुभएको छ । ताप्लेजुङमा हाल सम्म वैदेशिक रोजगारबाट जिल्ला भित्रीएको आठ जनामा कोरोना संक्रमण देखिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here