काेराेनाविरुद्धकाे खाेप रुसले बनायाे : पुटिन

0
49

 
साउन २७ गते  ।   रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले कोरोना भाइरसविरुद्धको खोप विकास गरेर प्रयोगमा ल्याएको दाबी गर्नु भएको छ । पुटिनले कोरोनाविरुद्धको खोप आफ्ना दुई छोरीलाई लगाएको र उनीहरुलाई कुनै ‘साइड इफेक्ट’ नदेखिएको बताएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।   पुटिनले मङ्गलबार खोपको विकास गरी दर्ता भएको जानकारी दिनुभएको हो । कोरोनाविरुद्धको खोप दर्ता गर्ने रुस पहिलो राष्ट्र बनेको छ । रुसका अधिकारीहरुले यो खोप डाक्टर, स्वास्थ्यकर्मीसहित मेडिकल कर्मचारी, शिक्षक र अरु उच्च जोखिममा रहेका वर्गमा दिइने जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here