फेसबुकले हटायो डोनाल्ड ट्रम्पको स्टाटस

0
46

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसका सम्बन्धमा पोष्ट गरेको स्टाटस फेसबुकले हटाएको छ ।कोरोना भाइरसका सम्बन्धमा ट्रम्पले आफ्नो पेजमा पोस्ट गरेको सामग्री गलत भन्दैे फेसबुकले हटाएको हो ।ट्रम्पले बुधबार फक्स न्यूजलाई दिएको अन्तर्वार्ताको अंश फेसबुक पेजमा पोस्ट गर्नुभएको थियो ।उहाँले अन्तर्वार्ताकै क्रममा बालबालिकामा कोरोना भाइरससँग लड्ने प्रतिरोधात्मक क्षमता रहेको दाबी गर्नुभएको थियो ।ट्रम्पको पोस्टले कोभिडबारे गलत सूचना प्रदान गरेकाले हटाइएको फेसबुकले उल्लेख गरेको छ ।फेसबुकका प्रवक्ताले कोरोना भाइरसविरुद्ध लड्न प्रतिरोधात्मक क्षमता युक्त दाबी गतल र हानिकारक भएकाले हटाएको जनाएका छन् ।ट्रम्पको अभिव्यक्ति स्वास्थ्य विज्ञको भनाई र प्रमाणित तथ्य भन्दा विपरित रहेको फेसबुको दाबी छ ।बालबालिकामा कोरोना भाइरसको संक्रमण हुने र उनीहरुबाट अरुमा सक्ने जोखिम उस्तै रहन्छ ।उनीहरुमा तुलनात्मक रुपमा संक्रमणका कारण गम्भीर बिरामी पर्ने जोखिम भने कम हुने देखिएको छ 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here