कोरानाले मोरङमा दुईको मृत्यु

0
42


२२ साउन  ।  विराटनगरको कोशी अस्पतालमा बुधबार मृत्यु भएका मोरङका दुवै पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएसँगै ४५ वर्षका दुवै पुरुषको मृत्यु कोरोनाकै कारण भएको खुलेको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले । मृतक एक जना विराटनगर र एक जना रंगेलीका हुन् । कोशी अस्पतालको आइसोलेसनमा उपचाररत विराटनगर महानगरपालिका–९ का ४५ वर्षीय पुरुषको मृत्यु भएको थियो । त्यस्तै मोरङकै रंगेली नगरपालिका–८ का ४५ वर्षीय एक पुरुषको कोरोनाका कारण मृत्यु भएको । स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि विराटनगर ल्याइएका उनको कोशी अस्पताल ल्याइपु¥याउँदा मृत्यु भइसकेको थियो । योसँगै प्रदेश १ मा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या चार पुगेको छ । सोमबार दिउँसो कोशी अस्पतालमै विराटनगर–५ घर भएका ७७ वर्षीय वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । त्यस अघि गत बुधबार मोरङ सुनवर्षीका एक पुरुषको विराटनगरबाट थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेपछि मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here