साढे २३ करोड रुपैयाँका तास आयात

0
48


साउन १५,  नेपालमा जुवातास खेल्नु गैरकानुनी हो । नेपाल प्रहरीले हरेक दिनजसो कुनै न कुनै ठाउँबाट जुवा खेल्ने व्यक्ति पक्राउ गरिहेको हुन्छ । तर नेपालमा जुवातास खेल्न गैरकानुनी मानिए पनि आयातमा भने प्रतिबन्ध छैन । जसका कारण वार्षिक करोडौँ रुपैयाँको तास आयात भइरहेको छ । ग​​एको आर्थिक वर्ष २०७६/७७ मा एक करोड ३२ लाख ६७ हजार ‘बुक’ तास आयात भएका छन् । यी तासको मूल्य २३ करोड ५४ लाख ९३ हजार रुपैयाँ रहेको भन्सार विभागले जनाएको छ । नेपालमा तास आयात हुने मुख्य देशहरुमा चीन, भारत, थाइल्याण्ड र मलेसिया रहेका छन् । आर्थिक वर्ष २०७५/७६ मा २५ करोड ६ लाख रुपैयाँ बराबरका एक करोड ५७ लाख ‘बुक’ तास आयात भएका थिए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here